सांसदको विरोध सुनेनन् ट्रम्पले, मध्यपूर्वमा ८ अर्ब १० करोड डलरका हतियार बेच्दै

Advertisement

वासिङ्गटन । अमेरिकी ट्रम्प प्रशासनले कांग्रेसको जाँचबुझ कार्यक्रमबाट ‘आकस्मिक अवस्था’ का लागि भन्दै जोर्डन,संयुक्त अरब इमिरेट्स र साउदी अरबका लागि सैन्य हतियार बिक्री गर्ने भएको छ। शुक्रबार अमेरिकी ट्रम्प प्रशासनद्वारा गरिएको उक्त निर्णयको अमेरिकी सिनेटका दुवै दलका केही सांसदले विरोध गरेका छन्।

अमेरिकी पररष्ट्र मन्त्री माइक पोम्पेओले एक वक्तव्य प्रकाशित गरी अमेरिकाको हतियार निर्यात नियन्त्रण कानुन बमोजिम राज्य परिषदले तुरुन्तै यी तीन मुलुकका लागि आठ अर्ब दश करोड अमेरिकी डलरका हतिायर बेच्न निर्देशन दिएका छन्। वक्तव्यमा अमेरिकाको गठबन्धन मुलुकले समर्थन दिँदै मध्यपूर्वी क्षेत्रको स्थिरताको लागि यस्तो कदम चालिएको बताइएको छ।

अमेरिकाले इरानमाथिको आक्रमणप्रति सम्बन्धित मुलुकलाई सहायता प्रदान गर्न उक्त सैन्य बिक्री परियोजना चलाइएको जनाएको छ । रिपब्लिकन पार्टीका सांसद मार्को रुबिओले अमेरिकी सरकारको उक्त कार्य ठूलो गल्ती भएको बताएको अमेरिकी समाचारसंस्थाहरूले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement