सेयर बजारमा दोहोरो अंकको उच्च गिरावट, कुनै पनि समूहमा सुधार देखिएन्

Advertisement

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट उच्च रह्यो । आज बजार परिसुचक नेप्से दोहोरो अंक (११ दशमलव ९३ अंक)ले घटेर एक हजार ३०२ कायम भयो भने सेयर कारोबार पनि घटेर ६२ करोड ६२ लाख रुपियाँमा सीमित रह्यो ।

आज कुनै पनि समूहका उपसुचकहरु उक्लिन सकेन् । बाणिज्य बैंक समूहको गिरावट शुन्य दशमलव ८२ प्रतिशत रह्यो भने जलविद्युत समूहको गिरावट दुई दशमलव ४० रह्यो । होटल र अन्य समूहको गिरावट एक प्रतिशतभन्दा बढि रह्यो भने बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम रह्यो ।

आज पनि धेरै कारोबार गर्नेमा नेपाल बैंक अगाडि छ । उसको चार करोड ८५ लाख रुपियाँको कारोबार भयो भने शिवम सिमेन्ट्सको चार करोड ७५ लाख रुपियाँ भयो ।

आज धेरै कारोबार गर्नेमा ग्लोबल आइएमई लघुवित्त र एनएमबि लघुवित्तका लगानीकर्ता रहेका छन् । त्यस्तै घाटा खानेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement