पर्यटन विभाग भन्छः ट्राफिक चापले मात्रै आरोहीको मृत्यु भएको होइन

Advertisement

काठमाडौं । पर्यटन विभागले ट्राफिक चापले मात्रै आरोहीको मृत्यु नभएको जनाएको छ । आइतबार विज्ञप्ती जारी गर्दै विभागले हिमालमा अनेक प्रतिकूलताका कारण मानिसको निधन हुने भन्दै केवल ट्राफिक चापका कारण निधन भन्ने प्रचारले सगरमाथाको गरिमा र महत्वमा असर पारेको जनाएको छ ।

आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने उल्लेख गरेको छ । विभागका अनुसार बसन्त ऋतुमा ३२ हिमालका लागि एक सय १६ आरोहण अनुमतिमार्फत आठ सय ९५ जनालाई हिमाल आरोहणको अनुमति दिइएको थियो ।



यस सिजनमा मात्र हिमाल आरोहणमा जाने र र्फकने क्रममा १६ जनाको मृत्यु भइसकेको छ । सगरमाथामा मात्र आठ जनाको निधन भएको देखिन्छ ।

विभागका अनुसार १४ मे २०१९ मा डोरी टाग्ने काम पुरा भएको थियो । त्यसपछि १६ मेसम्म मौसम अनुकूल थियो । त्यसो समयमा थोरै मात्र आरोही माथि पुग्न सके । त्यसपछि २१ मेसम्म मौसमले पनि साथ दिएको थियो । त्यसपछि २१ मेबाट पुनः मौसम अनुकूल हुन थाल्यो । २१ मेमा हिमालको चुचुरो पुग्ने योजना बनाएका आरोही दू्रत हावाका कारण चौथो शिविरमा दुई रात बस्न विवश भएका थिए।

मे २२ र २३ का दिन चौथो शिविरदेखि माथि आरोहीको भीड लागेको विभागका स्पष्ट पारेको छ ।

Advertisement

Advertisement

Advertisement