सोमबारदेखि बुद्ध एअरले काठमाडौं–कोलकाता उडान भर्ने

Advertisement

काठमाडौं । बुद्ध एअरले सोमबार देखि काठमाडौं – कोलकाता उडान भर्ने भएको छ । बुद्ध एअरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले सोमबारदेखि काठमाडौं – कोलकाता–काठमाडौं व्यवसायिक उडान गर्न लागिएको जानकारी गराए।

बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौं–कोलकाता उडान गर्न लागेको हो । अन्तर्राष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागिएको काठमाडौं –कोलकाता उडान सफल भए अन्य स्थानका लागि अन्तर्राष्ट्रिय उडान सुरु गरिने प्रबन्ध निर्देशक बस्नेतले बताए ।

हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाडौंबाट बुद्ध एअरको जहाज कोलकाताका लागि उड्ने छ भने बिहान साढे १० बजे कोलकाताबाट काठमाडौंको लागि जहाज उड्ने छ ।

Advertisement

Advertisement

Advertisement