जीवन विकास बैंकका कर्मचारीमाथि गोली प्रहार, ४ लाख नगद लुटियो

Advertisement

धरान । अज्ञात व्यक्तिद्वारा धरानमा जीवन विकास बैंकका कर्मचारी माथि गोली प्रहार भएको छ । रकम लिएर बैंक जाने क्रममा बैंकका कर्मचारी शम्भुप्रसाद गच्छदारमाथि अज्ञान व्यक्तिले बैंक अगाडी गोली प्रहार भएको हो ।

गच्छदारको अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । स्कुटरमा आएका दुई जनाले उनीसँग भएको रकम लुट्न गोली प्रहार भएको प्रहरीको आंशका छ ।

उनको साथमा भएको ४ लाख नगद समेत लुटिएको बताइएको छ । अहिले धरानबाट बाहिर जाने सबै नाकाहरु शिल गरेर आक्रमणकारीको खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement