सुकेधारामा ग्यास सिलिन्डर विस्फोटहुदाँ एकको मृत्यु, पाँच घाइते

Advertisement

काठमाडौं । काठमाडौंको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो सुकेधाराको एक शैलुनको किचनमा ग्यास विस्फोट हुँदा एकजनाको मृत्यु भएको हो। अन्य पाँचजना घाइते भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ। मृतकको सनाखत हुन सकेको छैन। अहिले मुचुल्का तयार पार्ने काम भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Advertisement

Advertisement