अपडेटः सुकेधारा र अनामनगरमा सिलिण्डर विस्फोटमा परि ३ जनाको मृत्यु

Advertisement

काठमाडौँ । काठमाडौंको सुकेधारा र अनामनगरमा आइतबार दिउँसो ग्यास विस्फोटन हुँदा ३ जनाको मृत्यु भएको छ । दुबै स्थानमा सिलिण्डर बम बिस्फोट भएको हो ।

बिस्फोटमा परी ३ जनाको मृत्यु भएको छ । सुकेधारामा २ र अनामनगरमान एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा ६ जना घाइते भएका छन् ।

सुकेधारामा ढलाने पुलनजिक सिलिन्डर विस्फोट भएको हो । घटनास्थलमा प्रहरीहरु खटेर अनुसन्धान गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement