सेलपेको ब्राण्ड एम्बेस्डरमा मह जोडी नियुक्त

Advertisement

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमको ‘सेलपे’ सेवाको ब्रान्ड एम्बेस्डरमा कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी आक्रामक बजार विस्तारसहित सेवा सञ्चालनमा रहेको सेलपेको ब्राण्ड एम्बेस्डरहरुमा मह जोडी नियुक्त भएका हुन् ।

आइएमएस ग्रुपले लगानी रहेको सेलकमको यो मोबाइल तथा वेव एप्लीकेसन लिन सकिन्छ । मोवाइल वालेटमा पैसा नराखी सोझै बैंकबाट भुक्तानी हुने फरक खालको यो भुक्तानी सेवा परिस्कृत र सहज सुविधासहित उपभोक्तामाझ आउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन प्रधानले बताए ।

नेपालमा पहिलो पटक पिनलेस टप अप तथा बिल पेमेन्ट सेवा सुरु गरेको सेलकमले आफ्नो सेवालाई स्तरोन्नती गर्दै फरक ढंगले भुक्तानी सेवा सुरु गर्न लागेको हो । सेलपेमार्फत रकम भुक्तानीबाहेक दूरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलमा भुक्तानी जस्ता सेवाहरु प्राप्त गर्न सकिन्छ ।

Advertisement

Advertisement

Advertisement