सुनको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

सुनको मूल्य फेरी घट्यो

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार ५९ हजार ७०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले घटेर ५९ हजार ६०० रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार ३०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार १०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ८४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ७१० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६०९ रुपियाँ कायम गरेको छ ।