अजोड इन्स्योरेन्सको नयाँ शाखा बनेपामा

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्सले बनेपामा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले गरेका हुन् ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संस्थाको परिचय, समग्र अवस्था, गतिविधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी दिएका छन् ।

प्रधान कार्यालय सहित कम्पनीको हाल ३० वटा शाखा सञ्चालनमा रहेको छ । उक्त शाखा मार्फत कम्पनीले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुक्तानी प्रदान गरिरहेको छ इन्स्योरेन्सले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement