गाईघाट बजारको मुख्य सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधरण मार्कामा

Advertisement

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारको मुख्य सडकखण्डमा निर्माणाधीन चार लेनको सडकको काममा ढिलाई हुदाँ सर्वसाधरण मार्कामा परेका छन् । त्रियुगा नगरपालिका ११ गाईघाटको मुख्य चोकदेखि १२ नं. को त्रियुगा बसपार्कसम्मको नौ सय ४० मिटर सडकको काम तोकिएको समयभन्दा धेरै ढिला हुदाँ सर्वसाधरण मार्कामा परेका हुन् ।

सम्झौता भए लगत्तै निर्माण कार्य सुरु गरे समय मै काम गर्न सकिने तर निर्माण कम्पनीहरुले तुरुन्त काम गर्न चासो नदेखाउँदा निर्माण कार्यमा ढिलाई हुने गरेको स्थानीय धनवहादुर कार्की बताउँछन् । उनले भने, ‘यस्तो धुलो खाएर हिड्नुपर्दा दिनहुँ स्वास्थ्यमा समस्या आउने गर्दछ, यसको चाँडो र गुणस्तरीय काम हुनुपर्छ ।’

म्याद सकिदाँ पनि आधा काम मात्र हुनुमा निर्माण कम्पनीकै कमजोरी रहेको  स्थानीयको आरोप छ। सदरमुकामको बजारक्षेत्र भएकाले चाँडो काम सम्पन्न गर्नुपर्ने स्थानीयको भनाइ छ।

बजारक्षेत्रको सडक चार लेन फराकिलो पार्ने योजनाअन्र्तगत गाईघाट–दिक्तेल सडक आयोजना कार्यालयले त्रियुगा नदीको पुलदेखि मुख्य चोक ट्राफिक आइलनसम्मको खण्डमा काम भइरहेको छ । गएको कात्तिकमै सम्पन्न गरिसक्नुपर्ने सडकको काम निर्धारित समय सकिएको ७/८ महिना बितिसक्दासम्म पनि निर्माण कम्पनीले सुस्त गतिमा काम गरेकोले हिउँदमा धुलो र बर्खामा हिलो खान बाध्य भएका छन् ।

नौ करोड ९८ लाख मूल्यमा भइरहेको कामको जिम्मा सूर्य कन्स्ट्रक्सनले लिएको भए पनि उपठेकेदार तोकेर काम गर्ने जिम्मा दिएकाले काममा ढिलाइ भएको गाईघाट–दिक्तेल सडक कार्यालय गाईघाटले जनाएको छ ।

निर्माण जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन प्रालिले डेढ वर्षभित्र काम सक्नेगरी सम्झौता गरेको भए पनि विविध कारण ढिला भएको जनाएको छ। कम्पनी प्रतिनिधि प्रदिप कार्कीले दुवैतर्फ नाला बनाउने क्रममा विद्युत्का पोल अवरोध भएकाले पनि ढिलाइ हुन गएको बताए। अब चाँडै काम सक्ने उनले दाबी गरेका छन् ।

 

Advertisement

Advertisement

Advertisement