यो बर्ष जस्तो पुँजीगत खर्च हुनै नसक्ने गरी अबको बजेट नआओस्ः पाण्डे

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले आफ्नो पार्टी सांसदहरुलाई दश करोड दिनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लवमा सोमबार उनले भने, ‘सोझै सांसदहरुलाई पैसा बाँड्न आवश्यक छैन् । बरु, सांसदहरुलाई योजना दिनुपर्छ ।’ कांग्रेसले सांसदहरुलाई दश करोड दिनुपर्छ भनेर माग नगरेको पाण्डेको दाबी छ ।

उनले गत वर्ष छुट्याईएको बजेटमा पुँजीगत खर्च आधाभन्दा कम भएको सुनाए । पाण्डेले भने, ‘त्यसैले बजेट छर्ने काम गर्नुहुँदैन् । त्यति बेला पनि हामीले यति ठूलो बजेट कार्यान्वयन हुँदैन कि भनेर प्रश्न उठाएका थियौं । अहिलेसम्म ५० प्रतिशत पुँजीगत खर्च हुन सकेको छैन् ।’

नेता पाण्डेले खर्च गर्नसक्ने क्षमता हेरेर मात्रै बजेट निर्माण गर्नुपर्ने जिकिर गरे । उनले भने, ‘पुँजीगत र प्रशासनिक क्षमता हेरेर मात्रै बजेट निर्माण गर्नुपर्छ । बरु, आवश्यकतालाई प्राथमिकता दिनुपर्छ । अब कुरा ठूलो गर्ने र काम नगर्ने कुरा गर्नुहुँदैन् । जनतालाई क्षणिक रस्वदान गराउने काम गर्नुहुँदैन् । समयमै सम्पन्न गर्नसक्ने कार्यक्रमहरु मात्रै ल्याउनुपर्छ । पूरा गर्नसक्ने सपना मात्रै दैख्नुपर्छ ।’

पाण्डेले बजेट ल्याउँदा सामाजिक सुरक्षा कार्यक्रममा विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, ‘वृद्धभत्ता बढाउने कुरामा हाम्रो कुनै विमति छैन् । दिर्घ रोगीहरुलाई देउवा सरकारले अघि सारेको स्वास्थ्य सुविधा कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’ उनले बजेटमार्फत सामाजिक सुरक्षा कार्यक्रमको दायरा बढाउनको लागि पनि माग गरे ।

पाण्डेले ठूला–ठूला आयोजनाहरु ऋणमा नबनाउनको लागि पनि सरकारलाई सुझाव दिए । उनले भने, ‘बरु, ती ठूला आयोजनाहरु अनुदानमा बन्छ भने स्वागत गर्नुपर्छ । होईन भने ऋणमा बनाउनु हुँदैन् ।’

Advertisement

Advertisement

Advertisement