प्रभु बैंकको नयाँ शाखा कञ्चनपुरमा

Advertisement

काठमाडौं । प्रभु बैंकको नयाँ शाखा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका १० झलारीमा सोमवारदेखि झलारी शाखा कार्यालय सञ्चालन गरिएको छ । संघीय संरचना बमोजिम विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा झलारी शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकको शाखाबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

शाखा कार्यालयको उद्घाटन शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले गरेका थिए ।

Advertisement

Advertisement

Advertisement