एनआईसी एशियाको नयाँ शाखा विराटनगर र धरानमा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालयहरुको सोमबार उद्घाटन गरेको छ । मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले एक समारोहका बीच उद्घाटन गरेको बैंकले जनाएको छ ।

यसैगरी, सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. १८ बुद्ध चोकस्थित बुद्ध चोक शाखाको बैंकका सञ्चालक विनोदकुमार प्याकुरेलले उद्घाटन गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement