एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा महोत्तरीको सोनमामा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ३–रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकको शाखारहित बैंकिङ सेवाको उद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख विवेकबन्धु न्यौपानेले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा उमेशकुमार यादवूलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

बैंककको कुल शाखा २८३ कार्यालयहरु रहेको छ । त्यस्तै, बैंकको २८९ एटिएम, ४१ वटा एक्स्टेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दे आएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement