शिवम् सिमेन्ट उद्योग नजिकै बम भेटियो

Advertisement

हेटौंडा । हेटौंडा–१८ हटियामा रहेको शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिमेन्ट उद्योगको दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार ‘कुकरमा खतरा लेखिएको छ । बाहिरबाट हेर्दा बम जस्तै देखिन्छ ।’ बम निष्कृय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

Advertisement

Advertisement

Advertisement