हिमाल दोलखा हाइड्रोको आईपिओ खुल्यो

Advertisement

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडले जेठ १४ गते (मंगलबार) देखि १६ करोड रुपियाँ बराबरको १६ लाख कित्ता साधारण सेयर(आईपिओ) जारी गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलाम जिल्लाका बासिन्दाहरुको लागि मात्रै शेयर निष्काशन गरेको हो।

उक्त आईपिओको निष्कासन तथा बिक्री प्रवन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । आईपिओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपियाँदेखि अधिकतम एक लाख कित्ता अर्थात एक करोड रुपियाँसम्म माग गर्न सकिनेछ ।

स्थानीय र सर्वसाधारण गरि कम्पनीले जारी पूँजीको ४८.७५ प्रतिशत अर्थात ७८ करोड रुपियाँ बराबरको ७८ लाख कित्ता आइपिओ बिक्री गर्न लागेको हो । यस आइपीओमा लगानीकर्ताले लक्ष्मी बैंक (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम), माछापुच्छ्रे बैंक (इलाम), एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिन्छ । साथै, सी–आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले निष्काशन गर्ने आईपिओमा जेठ २८ गतेसम्म आवेदन गर्न सक्नेछन् भने सो समयमा आवश्यक आवेदन नपरेको खण्डमा भने असार १३ गतेसम्म उक्त आईपिओ खुला रहनेछ । कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रुपियाँ छ । आइपिओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ ।

क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । हिमाल हाइड्रोको केन्द्रीय कार्यालय कालोपुल, काठमाडौंमा रहेको छ । जसमा माई खोला स्मल हाइड्रोपावर ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट छन् ।

Advertisement

Advertisement

Advertisement