सेयर बजारमा सामान्य सुधार, शिवमको उच्च दरको वृद्धि अझै कायमै

Advertisement

काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से दुई दशमलव ५३ प्रतिशतले बढेर एक हजार ३०५ प्रतिशत कायम भएको छ ।

त्यस्तै, कारोबार रकममा सुधार आइ आज ७५ करोड ६८ लाख रुपियाँको सेयर किनबेच भएको छ । जबकी सोमबार करिव ५२ करोड रुपियाँको मात्रै कारोबार भएको थियो । धेरै कारोबार गर्नेमा आज पनि शिवम सिमेन्ट्स कम्पनी सबैभन्दा अगाडि रह्यो । उसको एक्लै १६ करोड ४४ लाख रुपियाँको कारोबार भयो । दोस्रोमा प्रभु बैंकको १६ करोड १६ लाख रुपियाँको कारोबार भयो । शिवमको सेयर आज पनि नौ प्रतिशतभन्दा बढिले बढेको छ ।

आज होटल, निर्जीवन, अन्य, लघुवित्त र जीवन बीमा समूहका सुचकहरु सुधार आउन सकेनन् । बाँकी समूहमा भने सुधार आएको छ । सबैभन्दा बढि उत्पादनमूलक समूहको उपसुचक झण्डै तीन प्रतिशतले बढेको छ ।

आज धेरै नाफा गर्नेमा ज्योति विकास बैंकका लगानीकर्ता सबैभन्दा अगाडि छन् भने घाटा धेरै खानेमा माउन्टेन हाइड्रोका लगानीकर्ता छन् ।

Advertisement

Advertisement

Advertisement