राष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्ने तयारी

Advertisement

काठमाडौँ । खेल जगत र खेलाडीको प्रोत्साहान गर्न राष्ट्रिय खेलाडी सम्मान २०७६ गरिने छ । राजधानीमा पत्रकार भेटघाट तथा पत्रकार सम्मेलन गर्दै एरा ईन्टरटेन्मेटले जानकारी गराएको छ। राष्ट्रिय खेलाडी सम्मान २०७६ अन्तर्गत राष्ट्रिय खेलकुदमा योगदान पुर्‍याएका ४ जना राष्ट्रिय खेलाडीहरूलाई सम्मान गरिने छ ।

नेपालको खेलकुदको माध्यम वाट राष्ट्र र राष्ट्रियताको नाम उच्च बनाउन योग्दान दिएका खेलाडीहरूलाई प्रोत्साहान दिने उदेश्यका साथ सम्मान गर्न लागेको हो । सम्मानित हुने खेलाडीहरूमा तेक्वान्दोका राष्ट्रिय प्रशिक्षण तथा अन्तर्राष्ट्रिय रेफ्रि नोर्वु लामा,भलिबलका प्रशिक्षण तथा खेलाडी कुमार राई, शारीरिक सुगठन बाट नेपाललाई पहिलो पटक स्वर्ण पटक दिलाउन सफल विजेता महेश्वर महर्जन र नेपाली रेस्लिङका रेस्लर कमल लामा नुवाकोटे टाईगर रहेका छन । यहि जेठ १६ गते रसियन क्लचर कमलपोखरीमा कार्यक्रमगरि सम्मान गरिने छ । अन्तर्गत खेलाडीको जीवनीमा आधारित खेलाडी नामक नाटक,सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेने छ ।

Advertisement

Advertisement

Advertisement