लोकसेवा आयोगको ९ हजार कर्मचारीका लागि विज्ञापन आज खुल्यो (सूचनासहित)

Advertisement

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि बुधबार झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ । आयोगले स्थानीय तहमा रिक्त रहेको कर्मचारी अभावलाई कम गर्न बिभिन्न सेवा समूह तथा उपसमूहका लागि कर्मचारी भर्नाको आह्वान गरेको हो ।

सूचनामा खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जनाएको छ ।

लोकसेवाले असार तीन गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको छ । प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिस गरिनेछ ।

लोकसेवाले यति ठूलो संख्यामा पहिलोपटक विज्ञापन खुलाएको हो । स्थानीय तहका लागि नयाँ पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ । विज्ञापनमा माग गरिएका पदहरुमा इच्छुक उम्मेदवारले असार ३ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः सङ्घ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् ।

यस्तो छ लोकसेवाको सूचना



 

Advertisement

Advertisement

Advertisement