उदयपुरमा बिहिवारबाट प्रदेश स्तरीय महिला भलिवल प्रतियोगिता हुने

Advertisement

उदयपुर । उदयपुरमा बिहिवारबाट प्रदेश स्तरीय महिला भलिवल प्रतियोगिता हुने भएको छ । उदयपुर स्पोर्ट क्लबको आयोजनामा उदयपुरमा प्रथम उदयपुर सिमेन्ट (गौडा छाप) उपमेयर कप प्रदेश स्तरीय महिला भलिवल प्रतियोगिता हुने भएको हो ।

महिला भलिवल प्रतियोगितामा प्रदेश नम्बर १ को झापा, मोरङ, सुनसरी, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर र आयोजक उदयपुर सहित ८ वटा महिला टिमले प्रतिस्पर्धा गर्ने बुधवार त्रियुगा नगरपालिका वडा नम्वर १० को खसी वजारमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

प्रतियोगिता सम्पन गर्न कुल नौ लाख रुपियाँ लाग्ने र उक्त रकम त्रियुगा नगरपालिका, त्रियुगा नगरपालिकाको वडाहरु, उदयपुर सिमेन्ट, रौतामाई गाउँपालिका, चौदण्डीगढी नगरपाालिका लगायतले सहयोगको प्रतिवद्धता जनाएको आयोजक आसन दाहालले बताए ।

प्रतियोगितामा बिजयीले ७५ हजार र उपविजेताले ४० हजार नगद सहित प्रमाण पत्र र ट्रफि प्राप्त गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement