नेपाल क्रिकेट प्रशिक्षक संघ गठन, जगत टमाटाको नेतृत्व

Advertisement

काठमाडौं । नेपाली राष्टिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाको नेतृत्वमा क्रिकेट प्रशिक्षक संघ (सि–क्यान) गठन भएको छ । ११ जनाको सदस्यता भएको उक्त संघलाई नेपाल क्रिकेट प्रशिक्षक संघ को तदर्थ समितीको रुपमा लिईएको जनाईएको छ ।

जसले कम्तिमा ६ महिना भित्र प्रशिक्षक संघको बिधान बनाउदै सोहि अनुरुप क्रमशः आफुलाई प्रस्तुत गर्नेछ । संघको अध्यक्षमा टमटा सहित उपाध्यक्षमा राजु बस्नेत रहेका छन । भने सचिव वसन्त साहीरहेका छन् ।

त्यसगैरी, अरुण कुमार अर्याल र सुनोज भट्टराई संघका सल्लाहकारको रुपमा छन् भने नारायण राज अर्याल कानुनी सल्लाहकारको रुपमा छन्। यस्तै संघको कोषाध्यक्ष कैलास बिष्ट रहेका छन र सदस्यहरुमा मनोज कटुवाल, श्यामसन जङ्ग थापा, शेर बहादुर लामा, निरा राजोपाध्याय, प्रकाश शर्मा, रिजन प्रजु र ज्ञानेन्द्र छेत्री रहेका छन ।

Advertisement

Advertisement

Advertisement