एलआईसीले सेयरधनीलाई बोनस र नगद गरी ७० प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) नेपालले आफ्ना सेयरधनीलाई इन्स्योरेन्सले आर्थिक वर्ष २०७४र०७५को नाफाबाट हालको चुक्ता पुँजीको ७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जेठ १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकलेकम्पनीले ३४.४६ प्रतिशत बोनस र ३५.५४ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४९ करोड रुपियाँ रहेको छ । ३४.४६ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपियाँ नाघ्ने छ ।

Advertisement

Advertisement

Advertisement