उदयपुरमा जेठानलाई खुकुरी प्रहार गरेको अभियोगमा ज्वाईं पक्राउ

Advertisement

उदयपुर । उदयपुरमा एक युवकले मंगलबार राति आफ्नै जेठानलाई खुकुरी प्रहार गरेका छन् । जिल्लाको बेलका नगरपालिका–६ लामीडाँडा बस्ने ४१ वर्षीय छत्र बहादुर राईले आफ्नै जेठान ४१ वर्षीय देविन राईलाई खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।

घरमा पारिवारिक जमघट भइरहेको बेला ज्वाईले जेठानलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाइते देविन राईको धरानमा उपचार भईरहेको छ भने एक थान खुकुरी सहित पक्राउ परेका छत्रबहादुरलाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement