लक्ष्मी बैंकले महालक्ष्मी लाईफको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौं । लक्ष्मी बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौतामा लक्ष्मी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाह र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।

सम्झौता समारोहमा लक्ष्मी बैंकले देश भर रहेका आफ्ना १०६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरीपूर्व मेची देखि पश्चिम महाकाली सम्म २७ वटा शाखाहरू तथा उपशाखा कार्यालयहरूबाट कारोबार प्रारम्भ गरिसकेको जनाएको छ।

 

Advertisement

Advertisement

Advertisement