सिन्धुपाल्चोकको मेलम्चीमा लक्ष्मी बैंकको १०६औँ शाखा संचालनमा

Advertisement

काठमाडौं । लक्ष्मी बैंकको १०६ औँ शाखा सिन्धुपालचोकको मेलम्चीमा संचालनमा आएको छ । बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्न र साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्यले शाखा संचालनमा ल्याएको हो ।

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४७ जिल्लामा १०६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement