प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका प्रेसिडेन्ट डा. शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधि प्रदान गरेको जनाएको छ । उपाधि ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधि कोरियाले सम्पूर्ण नेपालीलाई गरेको सम्मानको रूपमा लिएको बताएका छन् । उनले यो सम्मान व्यक्तिगत नभई सम्पूर्ण नेपालीको सम्मान रहेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement