प्रधानमन्त्री ओलीद्धारा आफ्नै कार्यालयमा ‘एक्सन रुम’ संचालन

Advertisement

काठमाडौं । प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’ (तत्काल समस्या समाधान कक्ष) को सुरुवात भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सन रुपमको सुरुवात गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा बुधबार तत्काल समस्या समाधानकक्ष ९एक्सनरुम० को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको बताएका छन् ।
एक्सन रुम उद्घाटन गरेर प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी समेत गरेका छन् ।

एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत एकै पटक छलफल गर्न, राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमनको पनि अनुगमनलाई सार्थकता दिन सकिनेछ ।

Advertisement

Advertisement

Advertisement