बजेट भाषणः स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता बढ्यो

Advertisement

काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयं सेविकालाई दिदैँ आएको वार्षिक भत्ता बढाएको छ । बुधबार अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६ / ०७७ को बजेट भाषणमा स्वास्थ्य स्वयं सेविकाले वार्षिक थप तिन हजार रुपियाँ यातायात भत्ता बढाएको घोषणा गरेका हुन् ।

यस्तै विपन्न नागरिकलाई निःशुल्क उपचार गर्न दुई अर्ब २० करोड बजेट छुट्याइएको छ । यस्तै गर्भवती जाँच र सुत्केरी भत्ताको लागि सरकारले दुई अर्ब २२ करोड रुपियाँ छुटयाएको छ ।

सरकारले स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

Advertisement

Advertisement

Advertisement