कृषिमा ६४ अर्ब ८० करोड बजेट विनियोजन

Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/ ७७ मा कृषि क्षेत्रका लागि ६४ अर्ब ८० करोड रुपियाँ विनियोजन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बजेट सार्वजनिक गर्दै कृषि क्षेत्रका लागि ६४ अर्ब ८० करोड रुपियाँ विनियोजन गरेको जानकारी दिएका हुन्।

आगामी आर्थिक वर्षमा कृषिलाई आधुनिक, विशिष्टिकृत र व्यवासायीकरण बनाइने बताउँदै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि आठ अर्ब १० करोड विनियोजन गरेका छन्।

आलु, प्याज, अण्डा, मासु, तरकारी, प्रमुख खाद्यान्नवालीमा मुलुकलाई आत्मनिर्भर बनाएर करार खेती, मलमा ५० प्रतिशत अनुदानलगायतको सुविधा प्रदान गरिने 5 ।

Advertisement

Advertisement

Advertisement