औद्योगिक क्षेत्र स्थापनाका लागि बाँकेको नौवस्तामा डिपीआर सम्पन्न

Advertisement

काठमाडौँ । बाँके जिल्लाको वैजनाथ गाउँपालिकाको नौवस्तामा ठूलो क्षमताको औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण र विस्तृत अध्ययन प्रतिवेदन डिपीआर को काम सकिएपछि अहिले वातावरण प्रभाव मूल्याङ्कनको काम र कस्ता प्रकारका उद्योग आवश्यक हुने सम्बन्धमा समेत सर्वेक्षण भइरहेको छ ।

भौतिक संरचना निर्माणका लागि नक्साङ्कन र प्राविधिक पक्षका लागि कन्सल्टेन्टलाई जिम्मेवारी दिइएको छ । नौवस्ता औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने यस क्षेत्रका उद्योगीसँग नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयले आशयपत्र माग गरेकोमा अहिलेसम्म झण्डै दुइ सय वटा आशयपत्र प्राप्त भएको छ ।

नैवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले अधिग्रहण गरेको जग्गामा बसोबास गरिरहेका दुइ ५८ परिवारले आफूहरुको वैकल्पिक व्यवस्था सरकारले गर्नुपर्ने माग गरेका छन् । चुनौतीका रुपमा रहेको यो मुद्दामा स्थानीय तहबाट दलीय सहमति जुटाउने प्रयास भइरहेको छ
करीब तिन सय ३८ बिघा क्षेत्रफलमा स्थापना हुने औद्योगिक क्षेत्रमा नेपाल सरकारको योजनाअनुसार प्रत्यक्ष रोजगारको अवस्था सिर्जना हुने करीबदुइ सय ठूला र मझौला उद्योग स्थापना गरिने नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताए ।
औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने उद्योगीका लागि कम्तीमा पाँचदेखि १० वर्षसम्म आयकर छुट सुविधा दिने र बैंकिङ सुविधा दिनुपर्ने सुझाव दिइएका छन् ।

अहिले नेपालगञ्ज बजारको मध्यभागमा सञ्चालनमा रहेको नेपालगञ्ज औद्योगिक क्षेत्रका कारण प्रतिकूल वातावरणीय प्रभाव परेका कारण पनि शहर बाहिर औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने बाध्यतात्मक परिस्थितिरहेका ेछ । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेको उद्योगबाट निस्कने धँुवा र मेशिनको चर्को आवाजका कारण औद्योगिक क्षेत्र सार्नुपर्ने माग उठ्दै आएको थियो ।

बाँकेको नौवस्तामा ठूलो क्षमताको औद्योगिक क्षेत्र स्थापना भएपछि नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योग आवश्यकताअनुसार त्यहाँ स्थानान्तरण गर्न सकिने औद्योगिक क्षेत्र कार्यालयका प्रमुख पुनले बताए । नौवस्तामा औद्योगिक क्षेत्र स्थापना हुने हो भने प्रदेश नं ५, ७ र कर्णाली प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने र वस्तु उत्पादनमा मुलुक केही हदसम्म आत्मनिर्भर पनि हुने छ ।

Advertisement

Advertisement

Advertisement