बानेश्वर, कोटेश्वर र त्रिपुरेश्वरमा अण्डरपास निर्माण गर्न एक अर्ब ८५ करोड बजेट विनियोजन

Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/ ७७ मा उपत्यकामा सबैभन्दा धेरै जाम हुने कोटेश्वर, नयाँ बानेश्वर र त्रिपुरेश्वरमा अण्डरपास निर्माण तथा चक्रपथ सुधारका लागि एक अर्ब ८५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बजेट सार्वजनिक गर्दै कोटेश्वर, नयाँ बानेश्वर र त्रिपुरेश्वरमा अण्डरपास निर्माण तथा चक्रपथ सुधारका लागि एक अर्ब ८५ करोड रुपियाँ बजेट विनियोजन गरेकोजानकारी दिएका हुन्।

उपत्यकाको सडक विस्तार र सुधारका लागि झण्डै दुई अर्ब बजेट विनियोजन गरिएको छ । अहिले कलंकीमा मात्रै अण्डरपास निर्माण भएको छ ।

Advertisement

Advertisement

Advertisement