युवाहरुलाई बेरोजगार भत्ता दिन पाँच अर्ब बजेट विनियोजन

Advertisement

काठमाडौं । बेरोजगारहरुलाई रोजगारी दिने, दिन नसके बेरोजगार भत्ता दिने अवधारणाअनुसार ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि अर्थमन्त्री युवराज खतिवडाले रु पाँच अर्ब विनियोजन गरेका छन् ।

संसदमा बुधबार आर्थिक बर्ष २०६६।६७ का लागि बजेट प्रस्तुत गर्दै कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम विनियोजन गरेको बताए । खतिवडाले चालु आर्थिक वर्षमा शुरु गरिएको सो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई सार्वजनिक विकास निर्माणमा परिचालन गरिने बताए ।

यस कार्यक्रमअन्तर्गत सरकारले बेरोजगार नागरिकलाई प्रत्येक आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारी उपलब्ध गराउने व्यवस्था गरेको छ । बेरोजगारलाई न्यूनतम् रोजगारीको प्रदान गर्न नसके रोजगारी पाउन नसकेको दिनको पारिश्रमिकको ५० प्रतिशत निर्वाह भत्ता दिने गरी कार्यक्रम कार्यान्वयन भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement