मदिरा, चुरोट र सूर्तीजन्य पदार्थमा कर बढ्यो

Advertisement

काठमाडौं । सरकारले चुरोट, मदिरा र अन्य सूर्तीजन्य पदार्थमा सरकारले सामान्य कर बढाएको छ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्ता पदार्थमा सामान्य कर बढाएको जनाएका हुन् ।

अर्थमन्त्री खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपियाँको बजेट प्रस्तुत गरेका छन् ।

जसमा चालूतर्फ नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख रहेको छ । १५ खर्बको ३२ अर्बको बजेटका लागि राजस्वबाट नौ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋणबाट दुई खर्ब ९८ अर्ब ३३ करोड जुटाइने छ भने आन्तरिक ऋणबाट एक खर्ब ९५ अर्ब व्यवस्थापन गरिने अर्थमन्त्रीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement