प्रभु बैंकको नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा

Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेडले कञ्चनपुर जिल्लाको पुनर्वास नपा वडा नं. ३ मा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको बुधबार पुनर्वास नपाका नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेको बैंकले जनाएको छ ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको जारी निज्ञप्तीमा उललेख छ ।

Advertisement

Advertisement

Advertisement