ज्योति विकास बैंकको २ नयाँ शाखा पोखरामा, ७ स्थानमा नयाँ एटीएम सेवा

Advertisement

काठमाडौं । ज्योति विकास बैंकले कास्की जिल्लाको तालचोक र लेकसाईडमा नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिका वडा नं २७ मा रहेको तालचोक शाखा र वडा नं ६ मा रहेको लेकसाईड शाखाको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमकाबीच बुधबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

त्यसैगरी बैंकले बुधबार नै कास्कीको तालचोक र लेकसाईड, कञ्चनपुरको महेन्द्रनगर, सुनसरीको धरान, ललितपुरको चापागाँउ र काठमाडौंको गोगंबु र महाराजगञ्ज गरी ७ स्थानमा समेत नयाँ एटिएम सञ्चालनमा ल्याएको जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement