धुर्मुस सुन्तलीले बनाउन लागेको रंगशालाको बार भत्काउने मुख्य आरोपी (सत्तारुढ दलका नेता) पक्राउ

Advertisement

चितवन । धुर्मुस सुन्तलीले बनाउन लागेको रामपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उक्त घटनाका मुख्य आरोपीको रुपमा चिनिएका प्रकाश कँडेललाई पक्राउ गरेको हो ।

उनी गए राति रामपुरबाट पक्राउ परेका हुन् । सत्ताधारी दल नेकपाका नेतासमेत रहेका कँडेललार्इ प्रहरीले जिप्रका चितवनको हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार रंगशालाका बार भत्काउने एक महिलासहित १६ जनालाई यसअघि नै पक्राउ गरिसकिएको छ । उनीहरुसँगै डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

रंगशाला निर्माणको सुरक्षाका लागि लगाइएको जस्ता पाताको बार उनीहरुले डोजर लगाएर भत्काएका थिए । उक्त घट्नापछि धुर्मुस सुन्तली फाउण्डेशनले प्रेस विज्ञप्ति जारी गर्दै समस्याहरूको स्थायी समाधान नभएसम्म काम स्थगित गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement