दलित शिक्षकलाई हाजिर नगराउँदा विद्यालयमा तालाबन्दी

Advertisement

महोत्तरी । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा स्थायी शिक्षकलाई प्रधानाध्यापकले हाजिर नगराउँदा मङ्गलबारदेखि  तालाबन्दी गरिएको छ ।

पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयमा दलित शिक्षकलाई हाजिर नगराउँदा स्थानीयवासीले सो विद्यालयमा मङ्गलबारदेखि तालाबन्दी गरेका हुन् । सो विद्यालयमा गणित विषयतर्फ आयोग लडेर आएका शिक्षक दिनेश दासलाई दलित भनेर त्यहाँका प्रधानाध्यापक मनोज ठाकुरले हाजिर नगराएपछि स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरेका हुन्न्।

सो विद्यालयकै रिक्त दरबन्दीमा किटान गरेर मावितर्फ गणित विषयको शिक्षकको रूपमा आएका दासलाई विद्यालयका प्रधानाध्यापक ठाकुरले दलित भएकाले विद्यालयमा हाजिर हुन नदिएका हुन्न्। एक हप्ता अघि विद्यालयमा हाजिर हुन गएका शिक्षक दासलाई प्रधानाध्यापकले भोलिपर्सि गर्दागर्दै कुनै पनि हालतमा अब हाजिर नै नगराउने भनेपछि करीब १०० को सङ्ख्यामा गएका स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयमा तालाबन्दी हुँदा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी शिक्षादीक्षाबाट वञ्चित छन् ।

Advertisement

Advertisement

Advertisement