झाँक्रीले दिए अढाई वर्षीय बालकको बलि

Advertisement

धनुषा । धनुषाको मिथिला नगरपालिका ६ का सत्रुधन साहका अढाई वर्षीय छोरा आर्यन भनिने समिर साहलाई बलिको नाउँमा हत्या गर्ने झाँक्रीलाई प्रहरीले पक्राउ गरेका छन्न्। गत वैशाख २३ गते हराएका बालकको शव वैशाख २४ गते स्थानीय कृष्णानन्दन महतोको बारीमा भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी ईकाइले संयुक्त रूपमा ६५ जनासँग बयान लिएको आधारमा धामी झाँक्रीको कला सिक्दै गरेका ५५ वर्षीय शत्रुधन महतोलाई पक्राउ गरेको हो। महतोको बयानको आधारमा बालकको बलि सफल्ता प्राप्ति गर्ने नाउँमा हत्या गरिएको रहस्य खुलेको छ। बलि दिएपछि आफू शक्तिशाली हुने भ्रममा परि हत्या गरिएको हो ।

हत्या गर्ने झाँक्री महतोलाई प्रहरीले पक्राउ गरी घटनाको झन्डै तीन हप्तापछि बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

वैशाख २३ गते साँझ बालककी आमा रेनुदेवी घाँस काट्न गएको मौकाछोपी झाँक्रीले बालकलाई फकाएर आफ्नै घरको दैलोबाट अपहरण गरेका थिए। सोही राति झाँक्रीले बालकलाई लुकाएर राखेको र राति २ बजे आफ्नै आंगनमा धारिलो हतियार प्रहार गरी देवी देउताको नाममा बालकको घाँटी रेटेर हत्या गरेका हन्न्।

बलिपश्चात बालकलाई कृष्णानन्दको झाडीमा बालकको शवलाई फालेर बलि दिएको हतियार र लुगाकपडा समेत धोइपखाली गरी नुहाएका थिए। झाँक्री महतो घरपरिवारका सदस्य उपचार गराउन बाहिर गएको मौका छोपी बालकको बलि दिएको अनुसन्धानबाट खुलेको छ।

झाँक्री महतोलाइ अपहरण शरीर बन्धक राखी हत्या गरेको ज्यानसम्बन्धी मुद्दामा कार्वाही अघि बढाइएको छ ।

Advertisement

Advertisement

Advertisement