रङगाशाला भत्काउनेलाई कारवाही गर्नुपर्छः मन्त्री लामा

Advertisement

काठमाडौं । प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङगशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रमममा आयोजित उक्त कार्यक्रममा बोल्दै मन्त्री लामाले पवित्र उद्देश्यसहित निर्माण प्रारम्भ भएको रङ्गशाला भत्काउने व्यक्ति सच्चा देशभक्त हुन नसक्ने धारणा व्यक्त गरे । त्यसैगरी , उक्त घटनाले एउटा ऊर्जाशील व्यक्तित्वको मन दुखाएर विकास रोक्न नहुने सन्देश समेत दिएको मन्त्री लामाले बताएका छन् ।

गणतन्त्र दिवसको रुपमा तीन दिनसम्म चलेको उक्त कार्यक्रमको तेस्रो दिन आश्रमका १५० आश्रितलाई फलफूल वितरण गर्नुका साथै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले गणतन्त्र प्राप्तिमा योगदान दिनेहरुको कदरगर्नूपर्ने समेत बताए ।

Advertisement

Advertisement

Advertisement