आयातले सीमा नाघेको बेला सुन आयात गर्न सरकार खुकुलो, २५ तोलासम्म सुन ल्याउन पाइने

Advertisement

काठमाडौं । आयातले सीमा नाघेको बेला सरकारले सुन आयातमा खुकुलो व्यवस्था गरेको छ । सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक (बजेट)मार्फत विदेशबाट फर्किँदा भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र सय ग्रामसम्म काँचो सुन ल्याउन पाइने व्यवस्था गरेको हो । यो बर्ष आयात बढेर आर्थिक बर्षको पहिलो १० महिनामै ११ खर्ब व्यापार घाटा पुगेको छ ।

अब विदेशबाट आउने नेपालीले २५० ग्रामसम्मका गहना ल्याउन पाउने छन् भने ५० ग्रामसम्म सुनका गहनामा भन्सार लाग्ने छैन् । त्यस्तै, थप सय ग्राम ल्याउदा प्रति दश ग्रामको सात हजार दुई सय रुपियाँ तथा बाँकी एक सय ग्रामको नौ हजार रुपियाँ शुल्क लाग्नेछ।

नयाँ व्यवस्थाअनुसार सय ग्रामसम्म काँचो सुन ल्याउन पाइने छ। जसअनुसार ५० ग्रामसम्म काँचो सुन आयात गर्दा प्रति १० ग्रामको छ हजार दुई सय रुपियाँ, र बाँकी ५० ग्रामको प्रति १० ग्रामको सात हजार दुई सय रुपियाँ भन्सार लाग्नेछ।

विदेशीको हकमा भने गहना ल्याउँदा त्यसको कुल लागतको २० प्रतिशत धरौटी राख्नुपर्नेछ र सो गहना फिर्ता गर्ने शर्तमा मात्रै भित्राउन सकिने छ । त्यसरी फिर्ता गर्दा धरौटी पनि फिर्ता हुनेछ ।

Advertisement

Advertisement

Advertisement