चेम्बर र सीसीपीआइटीबीच संयुक्त लगानी तथा व्यापार विस्तारका लागि साझेदारी

Advertisement

काठमाडौं । चाइना काउन्सिल फर द प्रोमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआइटी) गोन्जाउ सबकाउन्सिलका उपाध्यक्ष तथा कन्सुलर वाङ फुचुनको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलसँग नेपाल चेम्बर अफ कमर्शले बिहीबार छलफल तथा द्धिपक्षीय साझेदारी गरेको छ ।

दुई संघबीच संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं सूचनाको आदान प्रदान, व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान आदिका लागि लाइजन अफिस स्थापना गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । उनीहरुबीच यसअघि सन् २००७ पनि पनि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई संस्थाबीच घनिष्ट सम्बन्ध रहिआएको र यस समझदारीबाट अझ नजीक भएर कार्य गर्ने वातावरण तयार भएको बताए । हाल नेपालमा स्थायी सरकार रहेको तथा अतिकम विकसित देशले पाउने सुविधा नेपालले प्राप्त गर्ने भएको हुँदा चिनियाँ व्यवसायीलाई नेपालम उद्योग स्थापना गरी निर्यात गर्न अनुरोध गरे ।

सीसीपीईटीका कन्सुलर फुचुनले दुई संस्थाबीच समझदारी भएबाट दुई देशको हितमा धेरै कार्य गर्न सकिने बताए । उनले कतिपय व्यापारीहरुले नेपालमा लगानी गरिसकेको र कतिपय लगानीका लागि नेपाल आएको कुरा बताउँदै नेपालमा आयात निर्यात व्यापार, बैंकिङ सम्बन्ध, हवाइ सम्पर्क विस्तार तथा पर्यटन बृद्धिका लागि कार्य गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement