५१ औं दिन नजिकै 'ए मेरो हजुर ३', साढे ९ करोड ग्रस कमाई

Advertisement

काठमाडौँ । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ले आइतबारबाट प्रदर्शनको ५१ औं दिन पूरा गर्दैछ ।

फिल्मले देशभरबाट ९ करोड ६३ लाख 'ग्रस' को व्यापार गरेको छ । नेपालमा सानदार प्रदर्शन पश्चात् यो फिल्म अहिले विदेश यात्रामा छ । निर्देशक झरना थापा र अभिनेत्री सुहाना गएको शुक्रवार फिल्मको प्रदर्शनका लागि युरोप उडेका छन् ।

नेपालमा प्रदर्शनको ५१ औं दिन पुग्न लाग्दा ‘ए मेरो हजुर ३’ को बिहीवार नयाँ गीत ‘राधे कृष्ण’ युट्युबमा सार्वजनिक गरिएको छ ।

Advertisement

Advertisement

Advertisement