५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

Advertisement

काठमाडौं । ५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोकेका छन् । व्यवसायीले सरकारसंग राखेका ५ बुँदे माग पुरा नभएको भन्दै शुक्रबारदेखि ७ दिन सम्म कामदारलाई विदेश पठाउन रोकेका हुन् ।

गएको जेठ ३ गते बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष भेलाले सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए जेठ १७ गतेदेखि २३ गतेसम्म विदेश जाने कामदारको टिकट नकाट्ने निर्णय गरेको थियो ।

यो बीचमा सरकारले आफ्ना माग संबोधन गर्न पहल नगरेकाले वैदेशिक रोजगारीमा जाने कामदारको टिकट काट्न बन्द गरेको वैदेशिक रोजगार व्यवसायी संघको भनाई छ ।

यस्ता छन् व्यवसायीका ५ बुँदे माग

  • संघले वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको ब्याज व्यवसायीले पाउनुपर्ने

  • मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने

  • मलेसियासँग भएको समझदारी अनुसार श्रम

  • रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेर कामदारलाई मलेसिया पठाउने प्रक्रिया सुरु गर्नुपर्ने तथा अहिले दूतावासहरुबाट भइरहेको मागपत्र प्रमाणीकरणलाई सहज बनाउन रोजगारदाता कम्पनीलाई यूजरनेम र पासवर्ड दिएर अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण गर्न दिन पर्ने

  • व्यवसायीले कामदार पठाए बापत पाउनुपर्ने सेवा शुल्क दक्षिण एसियाली मुलुक अनुसार हुनुपर्ने माग पनि संघले गरेको छ । अबको सात दिनमा पनि आफ्ना माग सम्बोधन नभए बैठकले बसेर आगामी रणनीति तय गरिने संघको भनाई छ ।

Advertisement

Advertisement

Advertisement