ओली र मोदीको नयाँदिल्लीमा भेटवार्ता

Advertisement

नयाँदिल्ली । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा दुई प्रधानमन्त्रीले आपसी सम्बन्ध, विशेषत जनताबीचको सम्बन्ध अझ गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले बताएका छन्।

दोस्रो कार्यकालका लागि मोदीले बिहीबार प्रधानमन्त्रीको सपथ लिएका थिए। सपथ ग्रहण कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओली बिहीबार भारत गएका हुन्न्।

Advertisement

Advertisement

Advertisement