नबिल ब्यालेन्स फण्ड–२ को इकाई बाँडफाँड, १ हजार बढी आवेदन रद्ध

Advertisement

काठमाडौं । नबिल म्युचुअल फण्डद्वारा सञ्चालित नबिल ब्यालेन्स फण्ड–२ को इकाई आज शुक्रबार बाँडफाँड भएको छ । ३४ हजार १४१ जनाले फण्डको इकाइमा आवेदन गरेकोमा ३३ हजार ९८ आवेदकलाई मात्र बाँडफाँड प्रकृयामा सहभागि गराइएको छ । साथै, १ हजार ४३ आवेदन रद्ध गरिएको छ ।

बाँकी सबै आवेदकलाई ९ करोड ३९ लाख ३९ हजार ९७० इकाई बाँडफाँड गरी राउण्डअफ गरी योजना व्यवस्थापकले ६० हजार ३० ईकाइ बीज पूँजीको रुपमा थप गरेको छ । व्यालेन्स फण्ड २ को आकार १ अर्ब १२ करोड रुपियाँ भएको छ ।

बिक्री प्रबन्धकका अनुसार कूल ३४ हजार १४१ आवेदकहरुबाट जम्मा १० करोड ४२ लाख २६ हजार ७३० इकाई माग भएको थियो । १ करोड २ लाख ८६ हजार ७६० इकाई माग गरेका १ हजार ४३ वटा आवेदन रद्ध गरिएको नबिल इन्भेष्टले जनाएको छ ।

३३ हजार ०९८ आवेदकहरुबाट ९ करोड ३९ लाख ३९ हजार ९७० भ्यालिड ईकाइका लागि आवेदन परेकोले सोहीअनुसार बाँडफाड गरिएको हो । यसरी बाँडफाड गर्दा योजनाको आकार एक अर्ब ११ करोड ९३ लाख ९९ हजार ७०० रुपियाँ ९बीजपूँजी समेत गरी० भएको बिक्री प्रबन्धकले जनाएको छ।

यस आयोजनाले प्रति इकाई १० रुपियाँ दरको १२ करोड इकाई मध्ये कोष प्रबर्द्धक नबिल बैंक लिमिटेडका लागि १ करोड ६८ लाख कित्ता ईकाई तथा योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई १२ लाख कित्ता इकाई सुरक्षित राखी बाँकी सर्वसाधारणलाई बिक्री गरेको थियो ।

सो आकारलाई राउण्डअफ गरी योजना व्यवस्थापकले ६० हजार ०३० ईकाइ बीजपूँजीको रुपमा थप गरी योजनाको आकार एक अर्ब १२ करोड रुपियाँ बनाई फण्ड बाँडफाँड गरेको बिक्री प्रबन्धकले जनाएको छ । यस फण्डले वैशाख ५ गतेदेखि जेठ ३ गतेसम्म सर्वसाधारणका लागि १० करोड २० लाख कित्ता इकाई बिक्री गरेको थियो ।

 

Advertisement

Advertisement

Advertisement