इन्फिनिटी लघुवित्तको आईपिओमा मागभन्दा बढीको आवेदन

Advertisement

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपिओ)मा लघुवित्तको आईपिओमा ६८ करोड ४३ लाख रुपियाँ बराबरको आबेदन परेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार यो मागभन्दा बढी आवेदन हो । यो कम्पनीको आईपिओमा ११.८६ गुणा बढी आवेदन परेको हो।

क्यापिटलका अनुसार जेठ १७ गते शुक्रबार बिहान १० बजेसम्ममा ३ लाख ३२ हजार ९७५ आबेदनबाट ६८ करोड ४३ लाख रुपियाँ बराबरको ६८ लाख ४३ हजार कित्ता सेयर माग भएको हो ।

लघुवित्तले जेठ १३ देखि १६ गते बिहीबार सम्म जारी पूँजी २० करोड ७४ लाख रुपियाँको ३२.५० प्रतिशत अर्थात कूल ६ करोड ७४ लाख रुपियाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।

धितोपत्र बोर्डले हरेक सार्वजनिक निष्काशनमा कम्तिमा चार दिन लगानीकर्तालाई लगानीको अवसर दिने गरेको छ। जसअनुसार आईपिओमा जेठ १६ गतेसम्म आवेदन गर्न सकिनेछ ।

लघुवित्तको आईपिओमा अनलाईनबाट मेरो सेयर तथा धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका लगानीकर्ता कै बैंक खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीमा आईपिओ भर्न सकिन्छ।

लघुवित्त कम्पनीको आईपिओलाई क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ्गस् नेपालले ‘ग्रेड ४’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको हाल १४ करोड रुपियाँ चुक्ता पूँजी रहेको छ। इन्फिनिटीको आईपिओ बिक्रीपछि २० करोड ७४ लाख पुग्नेछ। लघुवित्तको अधिकृत पूँजी ५० करोड रहेको छ ।

 

Advertisement

Advertisement

Advertisement