भारतलाई रुससँग ‘एस ४००’ मिसाइल खरीद नगर्न अमेरिकाको चेतावनी

Advertisement

काठमाडौं । अमेरिकाले भारतलाई रुससँग मिसाइल रक्षा प्रणाली ‘एस ४००’ खरीद नगर्न चेतावनी दिएको छ ।

‘एस– ४००’ जमिनबाट हावामा मार हान्न सक्ने रुसको अत्याधुनिक मिसाइल रक्षा प्रणाली हो । रुससँग यस रक्षा प्रणालीलाई खरीद गर्न चीनले सन् २०१४ मा सबभन्दा पहिले सम्झौता गरेको थियो ।

यस प्रणालीलाई खरीद गर्नका लागि भारत र रुसबीच गतवर्ष अक्टुबरमा पाँच अर्ब अमेरिकी डलरमा सम्झौता भएको थियो । यो सम्झौतामा भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेका हुन् ।

यस विषयमा भारतीय विदेश मन्त्रालयले रुससँग खरीद गर्ने ‘एस ४००’ हवाई रक्षा प्रणाली खरीद गर्ने अहम निर्णय हो । यो कुनै ठूलो कुरा नभएको पनि विदेश मन्त्रालयले बताएको समाचारमा जनाइएको छ । यही कानूनका आधारमा अमेरिकाले भारतमा प्रतिबन्ध लगाउन सक्ने पनि विश्लेषण गरिएको छ ।

Advertisement

Advertisement

Advertisement