नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पटवाल नियुक्त

Advertisement

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका उमेश पटवाल नियुक्त भएका छन्।

उनीसँग राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एक वर्षका लागि मुख्य प्रशिक्षकका रूपमा सम्झौता गर्ने तयारी रहेको राखेप सदस्य सचिव केशव कुमार विष्टले जानकारी दिए। पटवालले यस अघि पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङ कन्सल्टेन्टको भूमिका निर्वाह गरिसकेका छन्। राखेपले पटवालसँग शुक्रबार एक वर्षका लागि मुख्य प्रशिक्षकको सम्झौता गर्ने कार्यक्रम छ। उनलाई मासिक सात हजार डलर पारिश्रमिक दिने तयारी रहेको छ। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले तलब निकासा गर्छ ।

पटवालले जुन १० तारिखदेखि आफ्नो जिम्मेबारी समाल्ने छन्। नेपाल क्रिकेट संघ (क्यान) तीन वर्षभन्दा लामो समयदेखि आईसीसीको निलम्बनमा रहँदै आएको छ। यसअघि जगत टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक थिए

Advertisement

Advertisement

Advertisement