च्याम्पियन्स लिगको उपाधी लिभरपुलले जित्यो

Advertisement

काठमाडौं । च्यापियन्स लिग फुटबलको उपाधी लिभरपुलले जितेको छ । आइतबार बिहान भएको खेलमा लिभरपुललाई उपाधि जिताउन मोहमद सलाह र डिभोक ओरिगीको टोटनह्यामलाई २–० अन्तरले पराजित गरेर उपाधी हात पारेको हो ।

खेलको सुरुवाती समयमै अग्रता लिएको लिभरपुलले निकै राम्रो प्रदर्शन गर्योर् । सलाहकै गोलबाट लिभरपुलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो ।

खेलेको ८७ औं मिनेटमा नै लिभरपुलको ओरिगीले २–० को गोल गरे । दबावमा खेलेको लिभरपुलले टोटनह्यामलाई गोल गर्ने अवसर भने दिएन् ।

निर्धारित समयमा टोटनहृयामले गोल गर्न नसकेपछि लिभरपुल अग्र स्थानमा पुगेको हो । इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्याम भने खेलमा पराजित हुने पुग्यो ।

Advertisement

Advertisement

Advertisement